बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते

राजविराज राजविराज
|
बिहिबार, आषाढ ९, २०७९
|
|
४७ पटक हेरिएको
Shares
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते

सारांश

  •     पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.
  • ५ख.
  • १८९८ नम्बरको यात्रुबाहक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
    सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा विहीवार बिहान यात्रु बाहक बस दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ भने सो दुर्घटनामा ११ जना घाईते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भीर छ । 
    पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख. १८९८ नम्बरको यात्रुबाहक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    दुर्घटनामा परि मृत्यु भएको महिला विराटनगरबाट कटारीतर्फ जाँदै गरेको उक्त बसमा कंचनपुर जाने भन्दै सुनसरीको भाण्टावारीमा चढेकी थिइन् । उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यता गम्भीर घाईते हुनेहरुमा बसका सहचालक झापा मेचिनगरका ३८ वर्षिय पदम बहादुर राई, सप्तरीको कन्चनरुप नगरपालिकाका १८ वर्षिय आलोक सेख, उदयपुर कटारी नगरपालिका ३ का ७० वर्षिय मान बहादुर तामाङ, उनकी पत्नी ३८ वर्षिया बिष्णुमाया तामाङलाई थप उपचारका लागी विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 
    अन्य घाईते हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिकाका विजय साह, असमना खातुन, विवेक कुमार साह, सुनसरीका रविन्द्र खडका, रिन्कु यादव, निर्माला दाहाल, उदयपुरका सीताराम रसाईली, झापाका पदम बहादुर राई र मोरंगका प्रमिला राई छन् । ती सबैको भारदह अस्पतालमा उपचार भईरहेको छ । घटनापछि चालक भने फरार भएका छन् डिएसपी काफ्लेले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
जागिर छाडेर चुनावी मैदान
जागिर छाडेर चुनावी मैदान
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
महँगीका कारण महँगियो माटाका मूर्ती
महँगीका कारण महँगियो माटाका मूर्ती