छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु

सारांश

  •     जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो ।
  •       प्रहरीका अनुसार आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर विहीवार साँझ १८ वर्षिय यादवको मृत्यु भएको छ ।
  • पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।

    सप्तरीमा छुट्टाछुट्टै भएको घट्नामा एक महिलासहित दुई जनाको ज्यान गएको छ । 
    जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो । 
    प्रहरीका अनुसार आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर विहीवार साँझ १८ वर्षिय यादवको मृत्यु भएको छ । पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए । 
    यस्तै ६ दिन अघि मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएकी ४० वर्षिया मेहताको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा विहीवार राती उपचारको क्रममा मृत्यु भएको छ । उनी सवार मोटरसाइकल गत साउन २७ गते हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगिनीयास्थित बाँधको बाटोमा दुर्घटनामा परेको थियो । 
    मृतक दुबै जनाको शवको शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल मै पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइ घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु