भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ

राजविराज राजविराज
|
बुधबार, भाद्र १५, २०७९
|
|
४६ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.
  • १२ र राजविराज नगरपालिका वडा नं.
  • ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।

    भारतबाट भन्सार छलेर ल्याइएका बिजुली, किराना र कपडा लागयतका सामानसहित तीन भारतीय नागरिकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । 
    जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ र राजविराज नगरपालिका वडा नं. ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो । 
    डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त सामानसहित भारत सिवहर जिल्ला श्यामपुर गाउँ भटहा पंचायत २ का ४२ वर्षिय दिनानाथ साह, २४ वर्षिय रन्जय साह र २३ वर्षिय सुजित कुमारलाई नियन्त्रणमा लिइएको छ ।    
    बरामद सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?