सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस

राजविराज राजविराज
|
बुधबार, भाद्र २२, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस

सारांश

  •     जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा.
  • सीके राउतको रोजाई सप्तरी जिल्ला परेको हो ।
  • तीनै दलका अध्यक्षहरुको नाम उम्मेदवारीका लागि सप्तरी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज २२, भदौ । 

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरी जिल्ला मधेश केन्द्रित दलका केन्द्रिय अध्यक्षहरुको रोजाईमा परेको छ । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको रोजाई सप्तरी जिल्ला परेको हो । तीनै दलका अध्यक्षहरुको नाम उम्मेदवारीका लागि सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ । 
    यता जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम जिल्लाको ४ वटै प्रतिनिधीसभा क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ भने लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोको क्षेत्र नं.३ बाट उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । 
    यसअघि जनमत पार्टीले अध्यक्ष सिके राउतलाई क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ । 
    यसरी मधेशवादी दलका प्रमुख नेताहरु यसै जिल्लाबाट सिफारिसमा परेपछी अहिले जिल्लामा राजनैतिक तरंग ल्याएको छ । तीनै दलका अध्यक्षहरुको नाम एउटै क्षेत्रबाट सिफारिसमा परेपछी झन चुनावी माहौल तताएको छ ।
    यस अघि क्षेत्र नं. २ बाट चुनाव जितेका जसपाका अध्यक्ष यादवको नाम जिल्लाको ४ वटै क्षेत्रबाट सिफारिस गरिए पनि उनी २ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बलियो सम्भावना रहेको जसपाका जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।   
    सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका जनमत पार्टीका अध्यक्ष डा.राउत एक महिना अघि देखी नै मत माग्न घरदैलो र चुनावी सभामा व्यस्त भएका छन् ।     एक महिना यता आफ्नो क्षेत्रमा आधा दर्जन चुनावी सभा गरिसकेका उनले यस पल्ट उक्त क्षेत्रमा जनमतले पकड बनाउने दावी गर्दै आएका छन् । 
    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टीले पनि प्रदेश र प्रतिनिधी सभाका लागि उम्मेदवारको नाम सिफारिस गरिसके पनि गठबन्धन भित्र चुनावी तालमेलको प्रयास चलिरहेको भन्दै आधिकारीक नाम सार्वजनिक गरेका छैनन । 
    यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि जिल्लाको सवै क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली तयार गरी सिफारिस गरिसकेको जनाउँदै सो वारे आधिकारीक जानकारी एक÷दूई दिन भित्रै गराइने जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
स्तनपान कक्ष निर्माण
स्तनपान कक्ष निर्माण
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित   
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित   
संचारकर्मीलाई सुरक्षा सामग्री
संचारकर्मीलाई सुरक्षा सामग्री