दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले नैतिकता र संस्कार कै कारण पार्टी कमजोर बन्दै गएकोले प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
राजबिराज वडा नं. २ मा बुधबार जि.पी फाउन्डेशन सप्तरीको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो आरोप लगाएका हुन् ।
नेपाली काँग्रेस पार्टी कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताउदै उनले राजनीति संस्कार, नैतिकको बिकास नहुनजेल पार्टी बलियो नहुन जिकिर गरे ।
बिपी कोईराला, गणेशमान सिह, कृष्णप्रसाद भट्राई, गिरजाप्रसाद कोईराला, महेन्द्र निधि जस्ता राजनेताहरूको त्याग, तपस्यावाट निर्माण भएको काँग्रेस पार्टी हाल पार्टीको आन्तरिक कलहबाटै कमजोर बन्दै गएको उनको कथन छ ।
पार्टीका नेताहरुले राजनैतिक संस्कार, नैतिकतामा सुधार ल्याएर एक जुट भए मात्र नेतृत्व बर्गले पार्टीलाई अगाडी बढाउन सक्नेमा जोड दिए ।
कोईरालाले मुलुकमा दण्डहिंता, भ्रष्टाचार, बलत्कार, सुनकाण्ड, हत्याआतंक हिंसाका घटना संस्थागत भएको भन्दै यस्ता कुरालाई नियन्त्रण गर्न नसकेर देश भ्रष्टको दलदलमा फस्दै गएको आरोप समेत लगाए ।
एक अर्काे प्रसंगमा भारत र पाकिस्तानको घटनाले नेपालमा पनि असर पर्ने भएको नेपालको बोर्डर क्षेत्रहरूमा सुरक्षाकर्मीले सतर्कता अपनाउनु पर्ने सुझाव दिए ।
सो अवसरमा पुर्व मन्त्री हेमराज तातेड, प्रदेश २ का सांसद गिता यादब, प्रदेश १ का सांसद केदार कार्की, पार्टीका जिल्ला अध्यक्ष दिनेश यादब, डा. अनिल झा, युवा नेता ध्रुव देब, अरूण मण्डल लगायतको उपस्थिति रहेको थियो ।
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
सारांश
- राजबिराज वडा नं.
- २ मा बुधबार जि.
- पी फाउन्डेशन सप्तरीको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो आरोप लगाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया