दैनिक समाचारदाता
वीरगञ्ज, २३ भदौ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनमा पार्टी एक्लै पनि लड्न सक्ने भन्दै नेता कार्यकर्ताहरुलाई यसका लागि तयार रहन निर्देशन दिएका छन् ।
वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।
अध्यक्ष यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने समेत बताए ।
उनले भने, “मधेस प्रदेशमा एक सिट भए पनि कांग्रेसले जसपाभन्दा बढी सिट लिने अडानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले अरू प्रदेशभन्दा मधेस प्रदेशमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै उसले पनि सबभन्दा बढी सिटको दाबी गरिरहेको छ । माओवादी केन्द्रको पनि सोही अनुसारको डिमान्ड छ ।”
जसपाको हैसियत अनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने धारणा राख्दै उनले त्यही अनुसारको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पार्टी श्रोतले जनाएको छ ।
यता जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले ठूला दल भनाउँदाहरुले पेल्ने र हेप्ने काम गरे गठबन्धनबाट अलग भएर पनि चुनावमा जाने प्रतिक्रिया दिए । उनले गठबन्धन बनाउन जसपाको मुख्य भूमिका रहेकोले गठबन्धन छाड्ने पक्षमा नरहेको स्पष्ट समेत पारे ।
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
सारांश
- वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।
- अध्यक्ष यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने समेत बताए ।
- उनले भने, “मधेस प्रदेशमा एक सिट भए पनि कांग्रेसले जसपाभन्दा बढी सिट लिने अडानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले अरू प्रदेशभन्दा मधेस प्रदेशमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै उसले पनि सबभन्दा बढी सिटको दाबी गरिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया