संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए

राजविराज राजविराज
|
सोमबार, आश्विन ३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए

सारांश

  •     संविधान जारी भएको दिन असोज ३ गते मुलुकमा संविधान दिवस मनाईरहेको बेला यी दुई पार्टीले संविधानमा त्रृटी भएको भन्दै कालो दिनको रुपमा मनाएको जनाएका छन् ।
  •       लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विरोध सभा र प्रर्दशन मार्फत संविधान संशोधन नहुनजेलसम्म यस दिनलाई संविधान दिवसको रुपमा मनाउन न सकिने भन्दै विरोध जनाएका हुन् ।
  •       टाउकोमा कालो पट्टी बाँधेर स्थानीय पार्टी कार्यालयबाट लोसपाका स्थानीय नेता, कार्यकर्ताहरुले मोटरसाईकल ¥याली, नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    संविधान दिवसको दिन सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कालो दिवसको रुपमा मनाएका छन् । 
    संविधान जारी भएको दिन असोज ३ गते मुलुकमा संविधान दिवस मनाईरहेको बेला यी दुई पार्टीले संविधानमा त्रृटी भएको भन्दै कालो दिनको रुपमा मनाएको जनाएका छन् । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विरोध सभा र प्रर्दशन मार्फत संविधान संशोधन नहुनजेलसम्म यस दिनलाई संविधान दिवसको रुपमा मनाउन न सकिने भन्दै विरोध जनाएका हुन् । 
    टाउकोमा कालो पट्टी बाँधेर स्थानीय पार्टी कार्यालयबाट लोसपाका स्थानीय नेता, कार्यकर्ताहरुले मोटरसाईकल ¥याली, नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । मधेशको माग सम्बोधन हुने गरी संविधान संशोधन गर, नागरिकता विधेयक प्रमाणिकरण गर, अपुरो संविधान पुरा गर लगायतका नाराबाजी गर्दै मोटर साइकल ¥याली बजार क्षेत्र परिक्रमा गरी पुनः पार्टी कार्यालयमै पुगि विचार गोष्ठीमा परिणत भएको थियो । उक्त गोष्ठीको अध्यक्षता पार्टीका जिल्ला  उपाध्यक्ष बौवा लाल शर्माले गरेका थिए । 
    यस्तै जसपा जिल्ला समन्वय समिती सप्तरीले पनि सोमबारै राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका छन् । जिल्ला सचिव हरेराम यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य विकास तिवारीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागीहरुले संविधान संशोधन न भए सम्म सदन र सडक दुबै स्तरबाट संर्घष जारी रहने उदघोष गरे ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल