दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीस्थित जनता प्राथमिक विद्यालय बेल्ही मल्हनियाका एक शिक्षक अस्थायी नियुक्ति, स्थायी नियुक्ति र अनिवार्य अवकास एउटै विद्यालयबाट पाएका छन् ।
उक्त विद्यालयका शिक्षक रामप्रसाद यादव जसले नियुक्ति भएपछि अन्य कुनै विद्यालयमा सरुवा हुनुपरेन । प्राथमिक तह प्रथम श्रेणीका शिक्षक यादव पछिल्लो २० बर्षदेखि प्रधानाध्यापकको रुपमा कार्य गरी गत बैशाख २१ गते अनिवार्य अवकास पाएका थिए ।
वि.सं. २०४२ सालमा जनता प्राथमिक विद्यालयमा अस्थायी नियुक्ति पाएका यादव २०४८ सालमा सोही विद्यालयमा स्थायी भएका थिए र अनिवार्य अवकास पनि सोही विद्यालयबाट भए ।
उनलाई शुक्रबार विद्यालयले एक कार्यक्रमबीच विदाई गरेको छ । आफ्नो विदाई समारोहमा बोल्दै पूर्व प्रधानाध्यापक यादवले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालयका शिक्षक तथा अभिभावकलाई आग्रह गरे ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक राम साहले अवकास प्राप्त यादवलाई सर्ट, पाइन्टसहितको पोशाक तथा डायरी कलम प्रदान गर्नुभयो भने वडा अध्यक्ष दिनेश्वर मिश्रले दोसल्ला ओढाई सम्मान गरे ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित विदाई समारोहमा गाउँपालिकाका शिक्षा संयोजक राजेशकुमार झा, प्रधानाध्यापकद्वय प्रभाष झा र रामप्रसाद यादव, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सुशील यादव, विद्यालयका शिक्षक खगेन्द्र कर्ण, स्थानीय बच्चा हुसेनसहितकाले मन्तब्य ब्यक्त गरे ।
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति, स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
सारांश
- उक्त विद्यालयका शिक्षक रामप्रसाद यादव जसले नियुक्ति भएपछि अन्य कुनै विद्यालयमा सरुवा हुनुपरेन ।
- प्राथमिक तह प्रथम श्रेणीका शिक्षक यादव पछिल्लो २० बर्षदेखि प्रधानाध्यापकको रुपमा कार्य गरी गत बैशाख २१ गते अनिवार्य अवकास पाएका थिए ।
- वि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया