दैनिक समाचारदाता
राजविराज, १० असोज ।
घटस्थापनासँगै सोमवारदेखी सप्तरीमा पनि बडा दशैको चहलपहल शुरु भएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती लगायतका शक्तीपीठहरुमा विषेश पुजाअर्चना संगै जमरा राखिएको छ ।
यस अवसरमा शक्तीपीठहरुलाई सिंगारिने तथा विभिन्न टोल र चोकमा समेत दुर्गा प्रतिमा निर्माण र यी स्थानलाई रंगीचंगी पण्डाल तथा तोरणद्वार विषेशरुपले सिंगारिने काम भइरहेको छ ।
छिन्नमस्ता मन्दिरमा घटस्थापनापूर्व कलश यात्रा निकालिएको छ । कलश यात्रामा सहभागी महिलाहरुले बोकेका कलश नजिकैको पवित्र जलाशयबाट जल भरी पुजा स्थलमा राखिएको छ ।
दशैका बेला शक्तिपीठहरुमा देखिने भीड व्यवस्थापन तथा शान्ति सुरक्षाका लागी चाडपर्व लक्षित विषेश सुरक्षायोजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफलेले बताए ।
प्रत्येक शक्तीपीठहरुमा निगरानीका लागी ठुलो संख्यामा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन् ।
यता सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा यस वर्ष लाखौं भन्दा बढी श्रद्धालु आउने अनुमान सहित सोही अनुसारको तयारी गरिएको मन्दिरका मुल पुजारी महाकान्त ठाकुरले बताए ।
दशैको तयारीका लागी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र स्थानीयको सहयोगमा सरसफाई, रंगरोगन, प्रचार प्रसार, स्वयसेवक परिचालन तथा अतिथी ब्यवस्थापन लगायतका सम्पुर्ण तयारी सकिएको उनले बताएका छन ।
लाखौंको संख्यामा आउने भक्तजनका लागी खानेपानी शौचालय, रात विताउनेका लागी उपयुक्त वासस्थान लगायतको तयारी समेत गरिसकिएको उनले बताएका छन् ।
घटस्थापनासँगै वडा दशै शुरु
सारांश
- यस अवसरमा शक्तीपीठहरुलाई सिंगारिने तथा विभिन्न टोल र चोकमा समेत दुर्गा प्रतिमा निर्माण र यी स्थानलाई रंगीचंगी पण्डाल तथा तोरणद्वार विषेशरुपले सिंगारिने काम भइरहेको छ ।
- छिन्नमस्ता मन्दिरमा घटस्थापनापूर्व कलश यात्रा निकालिएको छ ।
- कलश यात्रामा सहभागी महिलाहरुले बोकेका कलश नजिकैको पवित्र जलाशयबाट जल भरी पुजा स्थलमा राखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया