दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र जसपाले चुनावी तालमेलको सहमति गरेको छ ।
दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भएका छन् । यसअघिको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै जसपाले सप्तरी क्षेत्र नं. ३ को ख बाट विदेश्वर यादवलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ ।
यता नेकपा एमालेले क्षेत्र नं. १ को क बाट प्रदेशसभामा राजकुमार लेखी, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा ताराकान्त चौधरी तथा ३ कै क बाट प्रदेशसभामा जोगेन्द्र भगत, ४ को क बाट प्रदेशसभामा बालकृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तै दुबै पार्टीबीच भएको चुनावी तालमेल अन्तरगत सप्तरी क्षेत्र नं. १ को क, क्षेत्र नं. ३ र ३ को क, क्षेत्र नं ४ को क मा नेकपा एमालेको भाग परेको छ भने क्षेत्र नं. १ र १ को ख, क्षेत्र नं. २ को क र ख, क्षेत्र नं. ३ को ख, क्षेत्र नं. ४ र ४ को ख जसपाको भागमा परेको छ । यद्दपी यी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि शनिबार साँझसम्म पनि जसपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
असोज २३ गते आइतबार निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराउदै छन् ।
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको टुङ्गो, जसपा अझै अन्यौलमा
सारांश
- दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ ।
- यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
- जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया