सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी

राजविराज राजविराज
|
सोमबार, आश्विन २४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी

सारांश

  •     जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
  •       जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधीसभा तर्फ क्षेत्र नं.
  • १ मा २०, क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 
    जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधीसभा तर्फ क्षेत्र नं.१ मा २०, क्षेत्र नं. २ मा १६, क्षेत्र नं. ३ मा १८ र क्षेत्र नं. ४ मा १६ गरी ७० जनाले उम्मेदवारी दिएका छन् । जसमा ६५ जना पुरुष र ५ जना महिला छन् । त्यस्तै प्रदेशसभातर्फ ९६ पुरुष र १५ जना महिला गरी १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 
    उनले प्रतिनिधीसभातर्फ १ महिला र २६ पुरुष तथा प्रदेशसभातर्फ ३५ पुरुष र ६ महिला गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए । 
    यसरी मुख्य दलहरुबाट महिला उम्मेदवारको संख्या शुन्य भएपनि स–साना दलबाट प्रतिनिधी र प्रदेशसभामा गरी १३ जना महिलालाई उम्मेदवार बनाइएको छ । जसअनुसार प्रतिनिधीसभातर्फ नागरिक उन्मुक्ती पार्टी, नेपाल जनता दल, नेपाल संघिय समाजवादी पार्टी र पिछडा वर्ग निषाद दलित जनजाती पार्टीले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ । 
    यस्तै प्रदेशसभा तर्फ नेमकिपाले ४, नेपाल कम्युनिष्ट पार्टीले २ तथा नेपाली काँग्रेस (विपी), राप्रपा र राप्रपा नेपालले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ । 
    निर्वाचनका लागी जिल्लामा ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन भने ५ सय ३६ मतदान केन्द्र तोकिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
पेस्तोलसहित तस्करीका मदिरा बरामद
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह