सबलले ल्यायो १८ करोडको बजेट

राजविराज राजविराज
|
सोमबार, आश्विन ३१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सबलले ल्यायो १८ करोडको बजेट

सारांश

  •     सबल नेपाल सप्तरी राजविराजले २०७९÷८० का लागी प्रस्तावित सौर्य उर्जा प्रर्बद्धन, खानेपानी तथा सरसफाई, कृषि तथा समुन्नती लगायतका कार्यक्रम सफल कार्यान्वयनका लागी उक्त बजेट तय गरेको जनाएको छ ।
  •       सोमवार राजविराजमा आयोजित संस्थाको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष जुना गिरीले गत आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 
    सबल नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० मा १८ करोड भन्दा बढीको बजेट तय गरेको छ । 
    सबल नेपाल सप्तरी राजविराजले २०७९÷८० का लागी प्रस्तावित सौर्य उर्जा प्रर्बद्धन, खानेपानी तथा सरसफाई, कृषि तथा समुन्नती लगायतका कार्यक्रम सफल कार्यान्वयनका लागी उक्त बजेट तय गरेको जनाएको छ । 
    सोमवार राजविराजमा आयोजित संस्थाको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष जुना गिरीले गत आ.ब.२०७८÷७९ को वार्षिक प्रतिवेदन तथा चालु आ.ब. २०७९÷०८० का लागी तय गरिएको वार्षिक कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएकी हुन् । 
    आयोजित सभामा चालु आ.व.२०७९÷८० मा सम्मुन्नती कार्यक्रमका लागी ५ करोड ८५ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ६ करोड ८५ लाख, सौर्य उर्जा प्रर्वद्धन तर्फ १५ लाख ७४ हजार तथा शुद्ध खानेपानी माथी सर्वसाधारणको सहज पहूँचका लागी ३५ लाख ५० हजार बजेट तय गरिएको जनाइएको छ । 
    यस्तै दैवी प्रकोप राहत तथा कोरोना रोकथाम तथा सहयोग तर्फ ३ करोड ५० लाख, पुर्ण सरसफाई अभियान तर्फ १ करोड ५० लाख, कृषिमा आधारित कार्यक्रमका लागी ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ लाख ९५ हजार गरी कुल १८ करोड ७१ लाख ९४ हजारको बजेट तय गरिएको अध्यक्ष गीरीद्वारा प्रस्तुत प्रतिवेदनले देखाएको छ । 
    यस्तै थप नयाँ प्रस्तावित कार्यक्रम अनुसार बालविवाह मुक्त र पुर्ण सरसफाई युक्त पालिका बनाउन र युवा लक्षित विभिन्न कार्यक्रम संगै जिल्लाको खेलकुदको अवस्थालाई सुधारका लागी सम्बन्धित निकाय संग पहल र सहकार्य गर्ने लगायतका विभिन्न ७ बुंदे नयाँ कार्यक्रम समेत ल्याइएको छ । 
    संस्थाकी अध्यक्ष गिरीको अध्यक्षता तथा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा सेभ द सप्तरीका अध्यक्ष एवं गैसस महासंघका वरिष्ठ उपाधयक्ष धु्रव देव, सेभ द चिल्ड्रेनका खिलानाथ निरौला, जिल्ला शिक्षा समन्वय एकाइका राजदेव यादव, निरज गिरी लगायतले प्रस्तावित कार्यक्रमको सफल कार्यान्वयनका लागी शुभकामना दिए । 
    आयुष श्रेष्ठद्वारा संचालित कार्यक्रममा संस्थाका संस्थापक अशोक साहले अतिथीहरुको स्वागत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
नेपाल सहकारीको साधारण सभा सम्पन्न
नेपाल सहकारीको साधारण सभा सम्पन्न
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद