९९ लाखको अबैध समान बरामद

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
९९ लाखको अबैध समान बरामद

सारांश

  •     प्रहरीले चालु आ.
  • ब.
  • को तीन महिनाको अवधीमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया मुल्य बराबरको भन्सार छलीका विभिन्न समान बरामद गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    सप्तरी प्रहरीले तीन महिनाको अवधीमा ९९ लाख बराबरको अवैध सामानहरु बरामद गरेको छ । 
    प्रहरीले चालु आ.ब.को तीन महिनाको अवधीमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया मुल्य बराबरको भन्सार छलीका विभिन्न समान बरामद गरेको हो । 
    प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार गत आ.ब.२०७८÷०७९ मा २ करोड ६२ लाख ७५ हजार ८ सय ८९ रुपैया बराबरको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाइएकोमा चालु आ.ब.०७९÷०८० को श्रावण, भदौ, असोज गरी ३ महिना मै ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया बराबरको भन्सार छलीका अवैध सरसमान बरामद गरिएको छ ।
    खुल्ला सीमा नाकाको प्रयोग गर्दै तस्करहरुले भारतीय बजारबाट नेपाली वजारमा चोरी पैठारी गर्दै मालसमानहरु भित्र्याइरहेको सूचनापछी चेक जाँचमा कडाई र निगरानी बढाइएको प्रहरी उपरिक्षक काफ्लेको भनाई छ । 
    भन्सार छलेर ल्याइएको सरसमानमा सबभन्दा बढी किराना, पान मसाला, लताकपडा र इलोक्ट्रोनिकका सरमासनहरु रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै तीन महिना कै अवधीमा अवैध सरसमान ओसार पोसारमा प्रयोग गरिएका तथा भन्सार नकाटी संचालन गरिएका ठूलो संख्यामा सवारी साधन  समेत जफत गरी भन्सार चलान गरिएको छ । 
    तीन महिनाको अवधीमा यसरी जफत गरीएका सवारी साधनहरुमा सव भन्दा बढी ७६ वटा मोटरसाईकल छन । यस्तै टेम्पो अटो ३, पिकअप भ्यान र सिटी रिक्शाा २÷२ र १÷१ वटा कार तथा ट्रक समेत नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले बुधबार मात्रै भन्सार छली ल्याइएका १ लाख भन्दा बढीको सरसमान पक्राउ गरी भन्सार कार्यालय बुझाएको थियो । प्रहरीले विहीवार पनि ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं सुचना अधिकारी नरेश कुमार सिंहका अनुसार भन्सार छलेर भारतबाट ल्याइएका ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको किराना, लताकपडा तथा भाडा वर्तन लगायतका अवैध सरसमान राजविराज नगरपालिका ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा वरामद गरिएको हो । 
    प्रहरीले यस अघि बुधवार पनि छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट ५८ हजार २ सय ३६ तथा मंगलवार १ लाख भन्दा बढीको भन्सार छलेर ल्याइएका अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तीस कार्टुन मदिरा बरामद 
तीस कार्टुन मदिरा बरामद 
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट