दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ ।
यस क्षेत्रमा जनमत पार्टीबाट पुर्व माओवादी नेता महेश यादव, सत्तारुढ गठबन्धनबाट पुर्व मन्त्री एवं माओवादी नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादवबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
४५ हजार ४ सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा महेश, उमेश र लक्ष्मण बीच नै हुने मतदाताको आकलन छ ।
यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदन लाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल संघिय समाजवादी पार्टीका मो.परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास र स्वतन्त्र तर्फ सकुन्तला देवी यादव, रिंकु देवी यादव, गंगा राम यादव, निरज कुमार शाही र दुर्गानन्द यादव पनि च्ुनावी मैदानमा छन् ।
यस क्षेत्रमा राजविराज नगरपालिकाको सबै १६ तथा महादेवा गाउँपालिकाको २ वटा वडा पर्दछ । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार ३ सय ४५ र एमालेले १ हजार ३ सय ८७ मत प्राप्त गरेको थियो ।
यस्तै माअोवादीका प्रमुखका उम्मेदवारले ५ हजार ४ सय ४६, काँग्रेसका प्रमुखका उम्मेदवारले ४ हजार ७ सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले ३ हजार ४ सय ८१, एकिकृत समाजवादीका प्रमुखका उम्मेदवारले २ हजार ८ सय ९० मत ल्याएका थिए ।
यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले १ हजार १ सय ७ मत ल्याएको थिए । यस मतभारको आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलियो देखिन्छ ।
अघिल्लो चुनावमा यस क्षेत्रबाट संघिय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए । उनी यस पल्ट समानुपातीक तर्फका उम्मेदवार बनेका हुन् । त्यतिबेला उनका निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका महेश यादव अहिले सो पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोश्रो पल्ट चुनावी मैदानमा उत्रेका हुन् ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष समेत रहेका महेशको राजविराज नगरपालिका क्षेत्रमा राम्रै पकड भएको धेरैको आकलन छ । सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहेका छन् । ग्रामिण क्षेत्रमा भने ३ वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको प्रदेशसभा निर्वाचनलाई नजिकबाट नियाली रहेका राजनीतिक विशलेषकहरु बताउँछन् ।
एउटै पार्टीमा रहेका महेश र उमेश पछिल्लो केही वर्ष यता फरक गुटमा रहेपनि निर्वाचनमा पार्टी नै परिर्वतन गरी महेश सहयात्री उमेशको प्रतिस्पर्धी नै बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस क्षेत्रबाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार लक्ष्मण यादव पनि प्रतिस्पर्धामा छन् । एमालेसँग गर्नू परेको गठबन्धनको कारणबारे कार्यकर्ता र मतदातालाइ सम्झाउँदै लक्ष्मण पनि जित निकाल्ने दाउमा छन ।
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सारांश
- यस क्षेत्रमा जनमत पार्टीबाट पुर्व माओवादी नेता महेश यादव, सत्तारुढ गठबन्धनबाट पुर्व मन्त्री एवं माओवादी नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादवबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
- ४५ हजार ४ सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
- तर मुख्य प्रतिस्पर्धा महेश, उमेश र लक्ष्मण बीच नै हुने मतदाताको आकलन छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया