दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएर फरार मध्ये पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् । उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो ।
त्यसैगरि कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका १६ निवासी ५१ वर्षिय जगरुप यादव र ४१ वर्षिय मनोज गोरधन यादवलाई अदालतले ६६ रुँपैया जरिवाना तोकेको थियो । सोही मुद्दामा फरार रहेका जिल्लाको सप्तकोशी नगरपालिका ८ निवासी सुकदेव चौधरीलाई अदालतले २ हजार ५ सय जरिवाना तोकेको थियो ।
त्यसैगरि राजविराज १६ निवासी ५० वर्षिय मगालाल यादवलाई ठगि मुद्दामा अदालतले ५ हजार जरिवाना तोकेको थियो । यी सबै प्रतिवादीहरु अदालतले दण्ड जरिवानाको फैसला सुनाए लगत्तै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीले ती सबै फरार प्रतिवादीहरुलाई खोजतलास गरि आइतबार पक्राउ गर्दै अदालतमा दाखिला गरि जरिवाना असुल गराएको डिएसपी सिंहले बताए ।
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् ।
- उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया