दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
कुटपिट अंगभंग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिक कमलपुर गाबिस वडा नं २ हाल सप्तकोशी नगरपालिका वडा नं ९ कमलपुर बस्ने ४५ वर्षिय बिशेश्वकर खंग छन् ।
स्थानिय कुशेश्वहर खंगको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी बिशेश्वर खंग समेत भएको कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ असोज २ गते खंगलाई २ बर्ष कैद र ३० हजार जरिवाना ठहर गरेको थियो ।
अदालतको फैसला लगत्तै फरार रहेका प्रतिवादी खंगलाई खोजतलास गर्ने क्रममा कात्तिक २३ गते उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका खंगलाई प्रहरीले सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद र जरीवाना रकम समेत तिर्न नसकी कैद भुक्तानका लागी पुर्पक्षको लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको साबिक कमलपुर गाबिस वडा नं २ हाल सप्तकोशी नगरपालिका वडा नं ९ कमलपुर बस्ने ४५ वर्षिय बिशेश्वकर खंग छन् ।
- स्थानिय कुशेश्वहर खंगको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी बिशेश्वर खंग समेत भएको कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ असोज २ गते खंगलाई २ बर्ष कैद र ३० हजार जरिवाना ठहर गरेको थियो ।
- अदालतको फैसला लगत्तै फरार रहेका प्रतिवादी खंगलाई खोजतलास गर्ने क्रममा कात्तिक २३ गते उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न मधेश प्रदेश सरकारसँग माग
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा
तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली
हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो
आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने
प्रतिक्रिया
० प्रतिक्रिया