दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारहरुलाई आचारसंहिता र निर्वाचन आयोगले पत्रकारकालागि जारी गरेको आचार संहिता दुवै पालना गर्न आग्रह गरेको छ ।
महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ । विज्ञप्तिमा पत्रकार महासंघले यस सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै सञ्चारमाध्यममा मात्रै नभई पत्रकारले समाजिक सञ्जाल प्रयोगमा पनि आचारसंहिताको ख्याल गर्नुपर्ने अतिआवश्यक रहेको उल्लेख छ ।
सो विज्ञप्तिमा निर्वाचन सम्बन्धी कुनै किसिमको सर्वेक्षण गर्नसमेत रोक लगाईएको समयमा खासगरेर फेसबुकसहितका समाजिक सञ्जालमा यसको बढी उल्लंघन भईरहेको पाइएका जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी पत्रकारलाई अरु भन्दा बढी ख्याल निर्वाचन आचारसंहिता पालना गर्नुतर्फ हुने भएको हुँदा आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ७ को २५ बमोजिम मात्र गर्न हुन सबै पत्रकारमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आग्रह गर्दछ । अब पनि सञ्चारमाध्यम तथा पत्रकारले निर्वाचन आचारसंहिता विपरित काम गरेमा महासंघले आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउनेसमेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै जानकारी गराउँदछ ।”
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह
सारांश
- महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ ।
- विज्ञप्तिमा पत्रकार महासंघले यस सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै सञ्चारमाध्यममा मात्रै नभई पत्रकारले समाजिक सञ्जाल प्रयोगमा पनि आचारसंहिताको ख्याल गर्नुपर्ने अतिआवश्यक रहेको उल्लेख छ ।
- सो विज्ञप्तिमा निर्वाचन सम्बन्धी कुनै किसिमको सर्वेक्षण गर्नसमेत रोक लगाईएको समयमा खासगरेर फेसबुकसहितका समाजिक सञ्जालमा यसको बढी उल्लंघन भईरहेको पाइएका जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया