दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामले यस पल्ट धेरैको अनुमानलाई गलत साबित गरिदिएको छ ।
यस निर्वाचनमा बहालवाला मन्त्रीदेखी पूर्वमन्त्री, पार्टीका जिल्ला अध्यक्ष÷सभापति तथा पार्टीका उच्च ओहोदामा रहेका व्यक्तिहरु समेत पराजित भएका छन् ।
यसैक्रममा सप्तरीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरु पराजित भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह पराजित भएका छन् । उनले १४ हजार ३ सय १२ मत ल्याई तेश्रो स्थानमा रहे । यस क्षेत्रमा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह बिजयी भए । उनले २३ हजार ५ सय ६४ मत ल्याए । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत उनी पराजित भई तेश्रो स्थानमा थिए ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी पराजय भएका छन् । उनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेशकुमार यादवसँग पराजित भएका हुन् । यादवले २६ हजार १ सय ६६ मत ल्याए भने पराजित चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे । निर्वाचित यादवलाई चौथो पटकको प्रयासमा सफलता मिलेको हो । यसअघि उनी यस क्षेत्रबाट तीन पटक पराजित भएका थिए । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा यादव ताराकान्त चौधरीसँगै पराजित भएका थिए ।
यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा २ बाट उम्मेदवार दिएका माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव पनि पराजित भएका छन् । यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भए । महेशले १३ हजार ३ सय २५ मत ल्याए भने उमेश यादवले ७ हजार २३ मत प्राप्त गरे । उमेश यादव २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित हुँदै सिंचाई मन्त्री समेत बनेका थिए ।
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
सारांश
- यस निर्वाचनमा बहालवाला मन्त्रीदेखी पूर्वमन्त्री, पार्टीका जिल्ला अध्यक्ष÷सभापति तथा पार्टीका उच्च ओहोदामा रहेका व्यक्तिहरु समेत पराजित भएका छन् ।
- यसैक्रममा सप्तरीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरु पराजित भएका छन् ।
- प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया