दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजका विभिन्न औषधी पसलमा बिक्री बितरणका लागि राखिएका म्याद गुज्रेका तथा नेपालमा बिक्रि बितरणको इजाजत नपाएका कम्पनीका औषधीहरु औषधी व्यवस्था विभागको अनुगमन टोलीले मंगलबार नियन्त्रणमा लिएको छ ।
बिराटनगरस्थित औषधी ब्यवस्था विभागका फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानिय केही औषधी पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधीहरु नियन्त्रणमा लिएको हो ।
स्थानिय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्रि बितरण भएको जनगुनासो आएपछि औषधी पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमन टोली बजार पुगेको सुइको पाएपछि अधिकांश औषधी ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए ।
उनले बजार अनुगमनका क्रममा पसल बन्द गरि हिडेका औषधी पसलहरुमा कुनै बेला पनि छड्के अनुगमन गर्ने तयारी भएको समेत बताए । अनुगमनसँगै टोलीले औषधी पसलेलाई बिरामी मारमा नपर्ने गरि आ–आफ्नो ब्यवसाय संचालन गर्न र आइन्दा यस्तो अवैध कारोबार नगर्न पनि सचेत गराउने गरेको टोली प्रमुख मिश्रले बताए ।
अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता हुन बाँकी रहेका र कर तिर्न बाँकी रहेका पसलेलेलाई कानुनको दायरामा आउनका लागि समेत समयसीमा तोकिने गरिएको छ ।
यसअघि सोमबार सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबरसाइन नगरपालिकास्थित विभिन्न औषधी पसलमा अनुगमन गरिएको थियो ।
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
सारांश
- बिराटनगरस्थित औषधी ब्यवस्था विभागका फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानिय केही औषधी पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधीहरु नियन्त्रणमा लिएको हो ।
- स्थानिय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्रि बितरण भएको जनगुनासो आएपछि औषधी पसलहरुमा अनुगमन गरिएको हो ।
- अनुगमन टोली बजार पुगेको सुइको पाएपछि अधिकांश औषधी ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया