विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय

राजविराज राजविराज
|
बुधबार, मंसिर २१, २०७९
|
|
४९ पटक हेरिएको
Shares
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय

सारांश

  •     गाउँपालिकाले यस वर्ष कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथमिक्तामा राखी बजेटको ठुलो भाग कृषि विद्युतीकरण विस्तार तथा शैक्षिक सुधार शिर्षकमा विनियोजन गरेको हो ।
  •       गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सिंचाई अभावले समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउन यस पल्ट कृषि सिंचाई विधुतीकरण योजना विस्तारका लागी १ करोड ५३ लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिए ।
  • सिंचाईको अभाव र पर्याप्त पानी नपर्दा जिल्लाका प्राय सबै जसो पालिकामा किसानले आकासे खेतीमा भर पर्ने अवस्था छ ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।

    सप्तरीको विष्णुपुर गाउँपालिकाकाले बजेटको ठुलो भाग बजेटको ठुलो भाग कृषि र शिक्षामा क्षेत्रमा छुट्याएको छ । 
    गाउँपालिकाले यस वर्ष कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथमिक्तामा राखी बजेटको ठुलो भाग कृषि विद्युतीकरण विस्तार तथा शैक्षिक सुधार शिर्षकमा विनियोजन गरेको हो । 
    गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सिंचाई अभावले समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउन यस पल्ट कृषि सिंचाई विधुतीकरण योजना विस्तारका लागी १ करोड ५३ लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिए । सिंचाईको अभाव र पर्याप्त पानी नपर्दा जिल्लाका प्राय सबै जसो पालिकामा किसानले आकासे खेतीमा भर पर्ने अवस्था छ ।
    बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष एउटा÷दुईटा ठोस र अतिआवश्यक विषयमा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार उक्त बजेट छुट्याइएको उनको भनाई छ । 
    उनले पाँच वर्ष भित्र किसानको खेत÷खेतमा सिंचाईका लागी पानी पु¥याउन र वर्षै भरी मौसम अनुसारको खेतीपाती गर्न उक्त परिमाणको रकम विनियोजन गरेको बताए ।
    अध्यक्ष यादवले यसका लागी गाउँपालिकाको सबै ७ वटै वडामा रहेका खेतमा सिंचाइका लागी नेपाल विद्युत प्राधिकरणसंग आवश्यक पहल थालेका जानकारी समेत दिए । विद्युत लाईन विस्तार भएपछि ट्रान्सफर जडान गरी उक्त परियोजना अन्तर्गत किसानले कृषि प्रयोजनका लागी प्रयोग गर्ने सम्पुर्ण विद्युतको महसुल गाउँपालिकाले नै तिर्ने निर्णय भएको जानकारी पनि दिए । 
    सिंचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुदा किसानले रोपाई गर्न वर्षेनी दुःख भोग्नु परिरहेकाले पाँच वर्ष भित्र उक्त समस्याको स्थायी समाधान खोज्ने लक्ष्यका साथ पर्याप्त बजेट विनियोजन गरिएको र यो कार्य आगामी वर्षमा समेत निरन्तरता पाउने अध्यक्ष यादवको भनाइ छ । 
    उक्त गाउँपालिकामा करिब ४ हजार हेक्टर खेतीयोग्य जग्गा छ । जिल्लाभरमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर क्षेत्रफल जग्गामा किसानले वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैतेधान लगाउदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्क छ । 
    कृषि पछी शिक्षा र स्वास्थलाई उच्च प्राथमिक्तामा राख्दै काम गर्न थालेको अध्यक्ष यादवले बताए । गाउँपालिका क्षेत्र भित्रको शैक्षिक सुधारका लागी पनि यस वर्ष ३ करोड २० लाख रुपैया बजेट विनियोजन गरेको तथा यस योजना अन्तर्गत गाउँपालिका भित्रका सबै विद्यालयको स्तरोन्नती, आवश्यक जनशक्तीको व्यवस्थापन, कक्षा कोठाहरुमा पंखाको व्यवस्था, गरिब, जेहेन्दार विद्यार्थीलाई विद्यालय सम्म पहुँच बढाउन घर दैलो, निःशुल्क शैक्षिक सामाग्री र पुर्ण छात्रवृत्ती प्रदान लगायतका सेवा सुविधा उपलब्ध गराइने योजना रहेको उनले सनाए । 
    “म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागी इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु” जस्ता नारा कार्यालयको भित्ता र आफ्नो कार्यकक्षको मुल ढोका मै टाँसेर काम गर्दै आएका अध्यक्ष याद वले विकासका लागी भ्रष्टाचार रोक्नु पहिलो आवश्यक्ता रहेको उल्लेख गरे । 
    गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा समेत पर्याप्त बजेट छुट्टयाएको प्रमुख प्रशासकिय अधिकृत रमेश यादवले बताए । मातहतका स्वास्थ्य संस्थाहरुलाई जनशक्ति, औषधी र उपकरणले सुसज्जित बनाउन पर्याप्त बजेट छुट्टयाइएको प्रमुख प्रशासकिय अधिकृत यादवले बताए । 
    यस अन्तरगत मुटु, क्यान्सर, मृगौला लगायत गम्भीर प्रकृतिका रोगीको उपचार खर्च सहयोगका लागी समेत बजेट विनियोजन गरिएको बताएका उनले निकट भविष्य मै एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पनि दिए । उक्त एम्बुलेन्सबाट गरिब असहाय तथा गर्भवती महिलालाई उपचारका लागी बाहिर लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उनको भनाई छ । 
    यस्तै गाउँपालिका भित्रका गरिब, असहाय, दलित महिलालाई १÷१ थान खाना पकाउने सिलिन्डर सहितको ग्यास चुल्हो तथा आयआर्जनका लागी पशुपालनमा प्रोत्साहन र शिपमुलक तालिम सहित आवश्यक समाग्री प्रदान गर्ने निर्णय भएको गाउँपालिका कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह   
भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु