नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय

राजविराज राजविराज
|
बिहिबार, पौष ७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय

सारांश

  •     उनी हिंसामा परेका पीडित महिला र विपन्न समुदायका लागी अहिले पनि वकालत गरिरहेकी छिन् ।
  •       विहीवार मात्र उनले हिंसामा परेकी राजविराज १ की सरस्वती दास र कंचनरुप नगरपालिका ११ की प्रमिला कुमारी लौगीको पक्षमा निःशुल्क वहश पैरवी गर्दा उनीहरुकै पक्षमा अदालतबाट फैसला आएको छ ।
  • सप्तरी जिल्ला अदालतबाट अंश, सम्बन्ध विच्छेद र मानाचामल लगायतका मुद्दामा ती महिलाहरुले न्याय पाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ७ पुस ।

    कानूनी व्यवसाय क्षेत्र संगै विभिन्न सामाजिक संघ संस्थामा काम गरेर विभिन्न पद सम्हाल्दै आएकी नवनिर्वाचित प्रदेशसभा सदस्य अधिवक्ता किरण कुमारी साह अहिले पनि पुरानै पेशामा समेत सकृय छिन् । 
    उनी हिंसामा परेका पीडित महिला र विपन्न समुदायका लागी अहिले पनि वकालत गरिरहेकी छिन् । 
    विहीवार मात्र उनले हिंसामा परेकी राजविराज १ की सरस्वती दास र कंचनरुप नगरपालिका ११ की प्रमिला कुमारी लौगीको पक्षमा निःशुल्क वहश पैरवी गर्दा उनीहरुकै पक्षमा अदालतबाट फैसला आएको छ । सप्तरी जिल्ला अदालतबाट अंश, सम्बन्ध विच्छेद र मानाचामल लगायतका मुद्दामा ती महिलाहरुले न्याय पाएका हुन् । 
    न्ययाधिश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलाशले ती दुबै महिलाको पक्षमा ठहर हुने गरि फैसला गरेको प्रदेशसभा सदस्य एवं अधिवक्ता साहले जानकारी दिइन् । 
    यस अघि बुधवार पनि उनले वहस गरेको हिंसा पीडित दुई महिलाले अदालतबाट न्याय पाएका छन । उनले पछिल्लो पैmसलाले अदालतप्रति जनताको आस्था र विश्वास बढाउने काम गरेको प्रतिकृया दिइन । 
    जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मधेश प्रदेशसभा सदस्यको समानुपातिक सिटमा निर्वाचित साह प्रदेश सदस्यको नयाँ जिम्मेवारी पाए पनि पीडित महिला र गरिब असहायको पक्षमा न्याय दिलाउन उत्तिकै सकृय रहने बताउँछिन । 
    आफु कहाँ अहिले पनि दुई दर्जन भन्दा बढी घरेलु हिंसा पीडित महिलाहरुको मिसिल रहेको बताउँदै उनले प्राथमिक्ताका साथ ती मिसिल र मुद्दाहरुमाथी पीडितहरुको पक्षबाट वहस पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरिन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
आगलागिमा सात वटा खसी, बाख्रा जले
आगलागिमा सात वटा खसी, बाख्रा जले
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो