जनकपुरधाम, २७ पुस (रासस) ।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक÷एक)सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
समर्थन गर्ने स्वतन्त्र सांसदहरूमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहनुभएको छ । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहनुभएको छ । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त
सारांश
- समर्थन गर्ने स्वतन्त्र सांसदहरूमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहनुभएको छ ।
- मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहनुभएको छ ।
- सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया