नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव

राजविराज राजविराज
|
शुक्रबार, माघ ६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव

सारांश

  •     शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् ।
  • उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
  •       उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 

    मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि एउटा मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् । 
    शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् । उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । 
    उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    “म यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहेको नाताले यस पालिकाको विकासका लागि हरसम्भव प्रयत्नरत रहने छु ।” उनले भने, “बिकासिय कार्य तथा योजनाहरु सानो सानो रुपमा हरेक वडा स्तरबाट संचालन भइरहेकोले नगर क्षेत्रलाइ सौन्दर्यकरण गर्न र सम्पुर्ण वडालाई एक साथ बिकासको बाटोतर्फ डो¥याउन एउटा मास्टर प्लानको तहत बृहत् योजना बनाइ अगाडि बढाउनु पर्छ ।”
    सप्तरी क्षेत्र नं. २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले यस्ता बृहत मास्टर प्लानका लागि आफ्नो पनि सहयोग रहने र जसरी भए पनि नगरपालिका क्षेत्र भित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    उक्त कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, योजना शाखा प्रमुख तथा १६ वटै वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा