दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
केही महिनादेखी संचालनमा रहेको एनआइसी एशिया बैंक राजबिराज शाखाको आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले रिवन काटेर बैंकको राजविराज शाखाको बिधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन अवसरमा आयोजित कार्यक्रममा बैंकको प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले राष्ट्र बैंकको निर्देशन बमोजिम प्रादेशिक कार्यलय बर्दिवास खोलेको बताउदै त्यस अन्तर्गत ४३ वटा शाखाबाट बैंक आप्mनो बैंकिङ परिसुची अनुसार अग्रस्थानमा रहेको जानकारी दिए ।
यस्तै राजबिराज नगरपालिका प्रमुख यादबले बैंक बिना उद्योग ब्यवसाय चल्न नसक्ने भएकोले ब्यबसायको हितमा रहेर बैंकले काम गर्नुपर्ने बताए ।
सोही अवसरमा राजबिराज शाखाका प्रबन्धक मुकेश साहले सप्तरीमा बैंकिङ सेवाका लागि ४ वटा शाखा बिस्तार गरेको जानकारी दिँदै ब्यबसायको हितमा रहेर बैंकले कारोवार गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले ब्यबसायी र बैंकबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । बैंकले मिठो बोल्ने तर, बैंक भित्र पसेपछि ब्यवसायीहरुलाई छटपटाउने गरी ब्याज बढी लिने प्रवृती समेत हावी रहेको हुँदा त्यस्ता कार्यलाई बैंकहरुले अविलम्ब हटाउनु पर्ने उनले बताए । ब्यवसायीमुखी र सेवामुखी बनाई गुणस्तरिय सेवा दिन बैंकले छुटै पहिचान बनाउनुपर्नेमा उनले जोड समेत दिए ।
सो कार्यक्रममा उपप्रमुख साधना झा, बरिष्ठ पत्रकार शिबहरी भटराई, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब, पुर्व सभापति बैधनाथ झा, धिरेन्द्र प्रसाद साह, पत्रकार देबराम यादब, गणेशलाल देब लगायतको उपस्थिति रहेको थियो ।
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
सारांश
- राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले रिवन काटेर बैंकको राजविराज शाखाको बिधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
- उद्घाटन अवसरमा आयोजित कार्यक्रममा बैंकको प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले राष्ट्र बैंकको निर्देशन बमोजिम प्रादेशिक कार्यलय बर्दिवास खोलेको बताउदै त्यस अन्तर्गत ४३ वटा शाखाबाट बैंक आप्mनो बैंकिङ परिसुची अनुसार अग्रस्थानमा रहेको जानकारी दिए ।
- यस्तै राजबिराज नगरपालिका प्रमुख यादबले बैंक बिना उद्योग ब्यवसाय चल्न नसक्ने भएकोले ब्यबसायको हितमा रहेर बैंकले काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया