दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयले राजविराजमा एक कार्यक्रमको आयोजना गरि चिसोले कष्टकर जिवन बिताइरहेका ३५ जनालाई न्यानो कपडा बितरण गरेको छ ।
उक्त राहत पाउनेमा विपन्न समुदायका एकल महिला, शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा देखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गि) सम्म छन् ।
जिल्लामा सम्भव त पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गी) लाई समेत चिसो छल्न प्रदेश सरकारबाट राहत स्वरुप न्यानो कपडा बितरण गरिएको हो । बितरण गरिएका सामाग्रिहरुमा ब्लायङकेट, न्यानो कपडा र म्याट लगायतका छन् ।
जिल्ला जेष्ठ नागरिक संघ, एकल महिला संघ, समावेशी अपाङ संघ र निलहिरा समाजको समन्वयमा जिल्लाको प्रत्येक पालिकाबाट विपन्न परिवारका सदस्यको चयन गरि उक्त राहत सामाग्रि प्रदान गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका शाखा अधिकृत राजिवकुमार सिंहले जानकारी दिए ।
न्यानो कपडा बितरण कार्यक्रममा जेष्ठ नागरिक संघका जिल्ला सचिव बैजनाथ झा, समावेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
सारांश
- उक्त राहत पाउनेमा विपन्न समुदायका एकल महिला, शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा देखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गि) सम्म छन् ।
- जिल्लामा सम्भव त पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गी) लाई समेत चिसो छल्न प्रदेश सरकारबाट राहत स्वरुप न्यानो कपडा बितरण गरिएको हो ।
- बितरण गरिएका सामाग्रिहरुमा ब्लायङकेट, न्यानो कपडा र म्याट लगायतका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया