स्थानिय समाचार

भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की

 सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरले आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) संजय मेहतालाई भुक्तानीको विषयलाई लिएर शुक्रबार अपहरण गर्ने धम्की दिएका छन् । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।  …..