स्थानिय समाचार

आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार

   सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले आफ्नो करतुुत लुकाउन लठैत प्रयोग गरि मंगलबार दुव्र्यहार गरेका छन् ।  गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।      सोही समाचार संकलनमा गएका पत्रकारहरुमाथी अध्यक्ष मण्डल तथा उनका लठैतले अभद्र व्यवहार गरेका हुन् । रिपोटिङमा गएका पत्रकारहरुलाई थुन्नुका साथै लठैत लगाएर माइक खोस्दै दुव्र्यवहार समेत गरे । …