दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन बितिसकेको छ । तर, सप्तरीमा निजि विद्यालयका विद्यार्थीहरुले अझैं पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । कारण हो, पुस्तक बिक्रिमा सिन्डीकेट प्रणाली ।
यहाँका केही पुस्तक पसलेहरुले नयाँ शैक्षिक सत्रको पाठ्यक्रम अनुसारको पुस्तक बिक्रिका लागि सिण्डिकेट लगाउँदै एकलौटी गर्न खोजेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लादेका हुन् । जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् ।
यता पुस्तकमा सिन्डीकेट लगाएको विभिन्न मिडियामा समाचार सम्प्रेसन भएपछि सप्तरी प्रशासन तातेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार राजविराज नगरपालिकाका अधिकृत मनोज यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका सुब्बा, घरेलु तथा साना उद्योगका सुब्बालगायतको टोली बनाएर उक्त पुस्तक पसलमा अनुगमन गर्न पठाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्रि बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न पाँच विद्यार्थी संगठनहरुले उजुरी दिएपछि सो सम्बन्धमा सत्यतथ्य बुझ्न अनुगमन टोली गठन गरेको जानकारी दिदै टोलीले बुझाउने प्रतिवेदनको आधारमा आवश्यक कारवाही बढाउने जानकारी दिए ।
यसअघि पुस्तक बिक्रिमा व्यापारीहरुले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेका छन् । नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको छ ।
विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिने गरेका छैनन् । जिल्ला भरिकै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्री गर्न नपाउने निर्णय समेत गरेको छ ।
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
सारांश
- यहाँका केही पुस्तक पसलेहरुले नयाँ शैक्षिक सत्रको पाठ्यक्रम अनुसारको पुस्तक बिक्रिका लागि सिण्डिकेट लगाउँदै एकलौटी गर्न खोजेका छन् ।
- पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लादेका हुन् ।
- जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया