रेशम चौधरी बचाऔं अभियानले ग¥यो आन्दोलनको घोषणा

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
१०१ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
  •       राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले घोषणापत्र र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
  •       साँत बुँदे घोषणा पत्रमा टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माँग सरकारसँग गरिएको छ ।

दैनिक समाचारदाता 
राजविराज, २७ बैशाख । 
    अदालतबाट जन्म कैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । 
    सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ । 
    राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले घोषणापत्र र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । 
    साँत बुँदे घोषणा पत्रमा टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माँग सरकारसँग गरिएको छ । 
    यस्तै २८ बैशाखदेखी रेशम चौधरीसहित ११ जनाको रिहाईका लागि दबाब दिन मेची महाकाली जनजागरण अभियान, ५ जेठमा सबै जिल्ला सदरमुकाममा प्रदर्शनसहित प्रधानमन्त्री, गृहमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको छ । 
    पाँच बुँदे आन्दोलन कार्यक्रम अन्तरगत जेठ महिनाभर प्रदेशस्तरिय तथा काठमाडौं केन्द्रित जनसभा, मानवअधिकार आयोग, कुटनीतिक आयोग, राजनीतिक दल तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । 
    तीन दिनसम्म चलेको भेलामा बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, बारा, पर्सा, नवलपरासी, मकवानपुर, सुनसरी, मोरङ्ग, झापा र सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र नौं वटा भातृ संगठनका प्रतिनिधी तथा थारु अगुवाहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान