दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, माघ २७, २०७९
|
|
१०१ पटक हेरिएको
Shares
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन

सारांश

  •     दुई दिनअघि आफ्नो जग्गामा रहेको घास काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले सोही नगरपालिकाको वडा नं.
  • ५ निवासी २८ वर्षिया गितादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानियको आरोप छ ।
  •       कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 

    घास काटेको निहुँमा एक दलित महिलालाई निर्घात कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको भन्दै शुक्रबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातो बजारमा बिरोध प्रदर्शन गरिएको छ । 
    दुई दिनअघि आफ्नो जग्गामा रहेको घास काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले सोही नगरपालिकाको वडा नं. ५ निवासी २८ वर्षिया गितादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानियको आरोप छ । 
    कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाको दुई दिन बितिसक्दा पनि कुटपिटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै पीडित महिलाका आफन्त तथा स्थानिय प्रदर्शनमा उत्रिएका हुन् । 
    अपराधीलाई पक्राउ गर, पीडितलाई न्याय दे लगायतका नारा अंकित प्लेकार्ड बोकेर सडकमा उत्रेका उनीहरुले यसतर्फ अविलम्ब पहल नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 
    यता इलाका प्रहरी कार्यालय पातोका सई राजेन्द्र बस्नेतले कुटपिट गर्नेको खोजि कार्यमा कुनै ढिलाई नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
एकल महिलाले बच्चा जन्माइन 
एकल महिलाले बच्चा जन्माइन 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
तीनै क्षेत्रमा मतदान सम्पन्न
तीनै क्षेत्रमा मतदान सम्पन्न
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल