राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
२८ पटक हेरिएको
Shares
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक

सारांश

  •     प्रहरीले उनका अनुसार चालु आ.
  • ब.
  • मा सबैभन्दा बढी राजविराज नगरपालिकाको विभिन्न वडाका गरी ३ हजार १ सय ८० गाँजाको बोट नष्ट गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 

    सप्तरी प्रहरीले गाजा खेती फडान गर्ने अभियान चलाएपछि अहिले जिल्लाको विभिन्न स्थानमा सो अभियानलाई निरन्तरता दिएको छ । 
    प्रहरीले उनका अनुसार चालु आ.ब.मा सबैभन्दा बढी राजविराज नगरपालिकाको विभिन्न वडाका गरी ३ हजार १ सय ८० गाँजाको बोट नष्ट गरिएको छ । 
    चालु आ.व.०७९÷०८० को हाल सम्म जिल्लामा १८ मध्ये १६ वटा स्थानीयतहका विभिन्न स्थानबाट गरी १७ हजार १ सय ३८ वटा गाँजाको बोट फडानी गरी नष्ट गरिसकेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । यस अवधीमा भने सप्तकोशी नगरपालिका र छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट भने एउटा पनि गाँजाको बोट फेला नपरेको प्रहरी तथ्याङ्गले देखाएको छ ।
    गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ७ सय ७२ गाँजाको बोट फडानी गरी नष्ट गरेको उनले बताए । राजविराज पछी सबै भन्दा धेरै डाक्नेश्वरी नगरपालिकाबाट २ हजार ४ सय ८५ गाँजाको बोट फडानी गरिएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै महादेवा गाउँपालिकाबाट २ हजार २ सय ४०, तिरहुत गाउँपालिकाबाट २ हजार १ सय ६, बोदेवर्साइन नगरपालिकाबाट १ हजार ७ सय ५०, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाबाट ६ सय ५०, विष्णुपुर गाउँपालिकाबाट ४ सय १०, शम्भुनाथ नगरपालिकाबाट ३ सय ८०, तिलाठी कोइलाडी गाउँपालिकाबाट ३ सय २० र खडक नगरपालिकाबाट २ सय १४ गाँजाको बोट नष्ट गरिएको छ । 
    कंचनरुप नगरपालिकाबाट १ सय ७६, सुरुङ्गा नगरपालिकाबाट १ सय ३८, राजगढ गाउँपालिकाबाट १ सय २५, बलान विहुल गाउँपालिकाबाट १ सय ५ तथा रुपनी गाँउपालिकाबाट ५० वटा गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । 
    लागू औषधको रुपमा गाँजाको प्रयोग र कारोबार बढ्दै गएपछी प्रहरीले पछिल्लो चरणमा शुक्रवार सुरुङ्गा नगरपालिका वडा नंंं १० सिस्वा थल्हा टोलमा लगाइएको ४ दर्जन भन्दा बढी गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ । 
    दुई दिन अघि मात्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी र डाक्नेश्वरी नगरपालिकाको विभिन्न स्थानमा लुकीछिपी लगाइएको दर्जनौ गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो । 
     जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको विभिन्न स्थानको पत्ता लगाएपछी जिल्लाबाट खट्ने थप टोलीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको डिएसपी नरेश कुमार सिंहले बताए ।    गरिबीका नाममा प्रतिबन्धित र स्वास्थ्यमा गम्भिर असर पार्ने खालका यस्ता वाली उत्पादन गर्न कसैलाई छुट नदिने निती अनुसार गाँजाको फडानी अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए