दहको पानी नहाले खाना पाक्दैन

राजविराज राजविराज
|
बुधबार, चैत्र ८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
दहको पानी नहाले खाना पाक्दैन

सारांश

  •     एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् ।
  • गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ ।
  •       स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    सप्तरीको खडक नगरपालिका वडा न ५ मेघवारीमा गाउँ नजिकै रहेको मुसहर्निया दहको पानी खानामा प्रयोग नगरे खाना नपाक्ने गरेको छ ।
    एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् । गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ । 
    स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ । “हामीले धेरै प्रयास गर्याै खोलानालाको पानी नखाने तर खाना नै नपाक्ने भएपछि हामीले बाउबाजेदेखि चलिआएको चलन अनुसार दहको पानी भान्सामा प्रयोग गर्न बाध्य भयौ ।”
    उनका अनुसार सुरुमा यो जसरी दह थिएन नदि कलकल बगिरहेको थियो पछि वर्षायाममा माथिवाट पहाड खसेर दहमा रुपान्तरण भयो । एक सय ३ घरदुरी रहेको उक्त गाउँका बाँसिन्दाले दहको पानी खाना बनाउन प्रयोग गरिरहेको स्थानीय तेज नारायण साहले बताए । 
    मुसहर्निया दहको माथिपट्टि पहाडका हरियाली र तलपटि आँपको बँगैचाले झन सुन्दर देखिएको छ । ७०  प्रतिशत थारुको बाहुल्य उक्त गाउँमा दहको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार र स्थानीय सरकारले ३५ लाख लगानि गरिसकेको वडा अध्यक्ष बिजय कुमार साहले जानकारी दिए ।
    करिव तीन बिगहा क्षेत्रफलमा अवस्थित उक्त दहलाई संरक्षण गरेको खण्डमा पर्यटकिय गन्तव्य बन्नसकिने उनको तर्क छ । हाल दहको संरक्षणमा स्थानीय सरकार लागेपनि दहको सरसफाइ र दहको चारैतिर घेरबार हुन सकेको छैन । 
    यता खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी आन्तरिक र बाह्य पर्यटकको एउटा राम्रो गन्तव्य बनाउनका लागि आफुहरु लागिपरेका बताए । दहको पानी शुद्धीकरण गरि भान्सामा प्रयोग गरिने बारे पटक पटक जनचेतनामूलक कार्यक्रम गरिदै आएपनि अब दहको बिस्तारित अध्ययन गरि पर्यटक गन्तव्य र दहको डिलमा रहेको मुसहनिया माई, भगवती मन्दिरको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
बाटो बनाउने क्रममा बालकको मृत्यु 
बाटो बनाउने क्रममा बालकको मृत्यु 
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य