दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक बालकसहित ५ जना घाइते भएका छन् ।
पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् ।
सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.२–०१–००१प.९१९५ नम्बरको स्कुटिले बाटो काट्ने क्रममा स्थानिय १२ वर्षिय डब्लु कुमार रामलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका रामलाई उपचारका लागी स्कुटर चालक राजबिराज २ निवासी गजेन्द्र कुमार हाडाले धरान लगेको प्रहरीले जनाएको छ ।
यस्तै पुर्वपश्चिमम राजमार्ग अन्तरगत जिल्लाकै खडक नगरपालिका ५ खरचुईया चोकमा आइतबार पिकअपले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–०२–००१च.०६४६ न. को पिकअपले सोहि दिशातर्फ जाँदै गरेको साईकल यात्री स्थानिय ३२ वर्षिय राज कुमार साह र पछाडी सवार ४० वर्षिय सन्तोष कुमार चौधरीलाई ठक्कर दिएको हो ।
सो ठक्करबाट घाईते दुबै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भईरहेको तथा पिकअप र पिकअप चालक महोत्तरीको बर्दिवास ११ निवासी २१ वर्षिय सन्तोष बि.क. लाई नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि राजबिराज २ हनुमाननगर राजबिराज सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.५प. ९५५४ नं.को मोटरसाइकलले पश्चिमबाट पुर्वतर्फ जादै गरेको साईकल यात्री स्थानिय १४ वर्षिया खुशीकुमार यादव र वडा नं. १२ निवासी ४५ वर्षिया बद्री यादवलाई ठक्कर दिएको हो ।
दुबै घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको तथा मोटरसाइकल र चालक वडा नं. १६ बोरिया निवासी २३ वर्षिय विवश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सवारी दुर्घटनामा एक बालकसहित ५ जना घाइते
सारांश
- पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ ।
- सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् ।
- सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया