दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरीको बोदेवर्साइन नगरपालिकामा आइतबार बिहान ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने अर्को दुर्घटनामा बोलेरोको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
सो नगरपालिका वडा नं. ३ सारस्वरस्थित पुर्वारी टोलमा ट्याक्टर पल्टिदा चालक सोही वडाका २२ वर्षिय पंकज यादवको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सारस्वरबाट धनगढीतर्फ जादै गर्र्दा अचानक अनियन्त्रित भइ सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमा लागी अस्पताल पठाइ घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार जिल्लाको सुरुङ्गा नगरपालिका १ ईटा भठास्थित भेडियाबाट सिस्वारीतर्फ जादै गरेको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको घटनास्थलमै मृतयु भएको छ ।
स.१च.१४१९ नं. को बोलेरोले बिपरित दिशाबाट आईरहेको साईकल यात्री सोही नगरपालिका २ निवासी ६१ वर्षिय गम्भिर सिंह कार्कीलाई ठक्कर दिएको थियो । घटनापछि चालक फरार रहेको तथा सहचालक स्थानिय १८ वर्षिय दिलीप सदालाई प्रहरीले नियन्त्रणमा लिएको तथा उक्त घटना वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको ठक्करबाट एक बृद्धको ज्यान गयो
सारांश
- सो नगरपालिका वडा नं.
- ३ सारस्वरस्थित पुर्वारी टोलमा ट्याक्टर पल्टिदा चालक सोही वडाका २२ वर्षिय पंकज यादवको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- सारस्वरबाट धनगढीतर्फ जादै गर्र्दा अचानक अनियन्त्रित भइ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया