स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०७५
|
|
६५ पटक हेरिएको
Shares
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु

सारांश

  •     सो सहमति पश्चात् मूलधारको राजनीतिमा प्रवेश गरेको गठबन्धनको बैठकमा मधेशका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिएका छन् ।
  •       लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।
  • राष्ट्रिय गान बजाइएपछि संयोजक डा.

दैनिक समाचारदाता
सिरहा, ३ चैत । 
    सरकारसँग ११ बुँदे सहमति पश्चात् पहिलो पटक डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको आइतबार सिरहाको लहानमा राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ । 
    सो सहमति पश्चात् मूलधारको राजनीतिमा प्रवेश गरेको गठबन्धनको बैठकमा मधेशका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिएका छन् । 
    लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गान बजाइएपछि संयोजक डा. राउतले दीप प्रज्जवलन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।
    यता बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो । 
    बैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।
    यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ । बैठक सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।
    यसैबीच बैठक सुरु भएसँगै संयोजक राउतले आफ्नो फेसबुक पेजबाट केही बैठकका तस्विरहरु सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस