कारागार क्षेत्रको अतिक्रमित  जग्गा हटाउने तयारी

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
६३ पटक हेरिएको
Shares
कारागार क्षेत्रको अतिक्रमित  जग्गा हटाउने तयारी

सारांश

  •     स्थानिय प्रशासन, जनप्रतिनिधि, संचारकर्मी, सरोकारवाला निकायहरुको कारागार परिसरमै बसेको बैठकले अतिक्रमणले साँघुरो बन्दै गएको कारागार क्षेत्रलाई अतिक्रमणबाट मुक्त गराउने निर्णय गरेको छ ।
  •       प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षण नरेन्द्र कार्की, कारागार प्रशासन तथा सरोकारवालाहरु सम्मिलित बैठकले आगामी आइतबार अतिक्रमित जग्गा खाली गराउने बारे सूचना प्रकाशित गरि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
  •       यसअघि २०६६ साल चैत १२ गते पनि कारागार व्यवस्थापन विभागले जिल्ला प्रशासन कार्यालयलाई कारागार क्षेत्रमा भएको अतिक्रमण हटाउन पत्राचार गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख

    राजविराज कारागारको अतिक्रमित जग्गा खाली गराउन स्थानिय प्रशासन तातेको छ । शुक्रबार कारागार परिसरमै बैठक बसि अतिक्रमित जग्गा खाली गराउने निर्णय पनि गरेको छ ।  
    स्थानिय प्रशासन, जनप्रतिनिधि, संचारकर्मी, सरोकारवाला निकायहरुको कारागार परिसरमै बसेको बैठकले अतिक्रमणले साँघुरो बन्दै गएको कारागार क्षेत्रलाई अतिक्रमणबाट मुक्त गराउने निर्णय गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षण नरेन्द्र कार्की, कारागार प्रशासन तथा सरोकारवालाहरु सम्मिलित बैठकले आगामी आइतबार अतिक्रमित जग्गा खाली गराउने बारे सूचना प्रकाशित गरि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 
    यसअघि २०६६ साल चैत १२ गते पनि कारागार व्यवस्थापन विभागले जिल्ला प्रशासन कार्यालयलाई कारागार क्षेत्रमा भएको अतिक्रमण हटाउन पत्राचार गरेको थियो । तर विविध कारण देखाई अतिक्रमण हटाउने कार्यलाई अघि बढाउन सकिएको थिएन् । 
    यससम्बन्धमा स्थानिय प्रशासनले यसअघि पनि पटक पटक सूचना जारि गर्दै कारागार क्षेत्रमा भएको अतिक्रमित जग्गा खाली गर्न समयसीमा नै तोकेर आग्रह गरे पनि वेवास्ता गरिदै आएको थियो । 
    कारागारको कुल २ विगहा १३ कठ १९ धुर जग्गा रहेकामा १ विगहा ६ कठ १२ धुर जग्गा अतिक्रमणको चपेटमा परेको छ । सो जग्गामा विभिन्न व्यक्तिले अतिक्रमण गरि घरटहरा नै निर्माण गरेकाले १ विगहा ७ कठा् ७ धुर जग्गा मात्र कारागारले उपभोग गर्न पाएको र यसले कैदीबन्दीको ब्यवस्थापन र कारागार सुरक्षामा समेत समस्या भइरहेको कारागार प्रशासनले जनाएको छ । 
    हाल कारागारमा कैदीबन्दी राख्ने भवन समेत जिर्ण अवस्था पुगेको छ । कारागारको १ सय २५ जना कैदीबन्दी राख्ने क्षमता रहेकोमा अहिले ३ सय भन्दा बढी कैदीबन्दी सो कारगारमा रहेका छन् । 
    यता कारागारको अतिक्रमित जग्गा खाली गराउने चर्चा फेरी सुरु भएसँगै वर्षौदेखी त्यसक्षेत्रमा बसोवास गर्दै आएका स्थानिय वासिन्दाहरुले बैकल्पिक व्यवस्था गरेर मात्र आफुहरुलाई बिस्थापित गर्न माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित