राजविराज÷मधेशी स्वास्थकर्मी फोरम नेपालको तेस्रो जिल्ला अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ ।
सो अवसरमा राजबिराज नगरपालिकाकी कार्यवाहकप्रमुख ईसरत परविनले समुदायमा स्वास्थ सेवालाई सरल, सुलभ, ब्यबस्थित, मर्यादित बनाई उचाईमा पु¥याउनुपर्ने बताइन् । उनले स्वास्थलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउदै राजबिराज नगरपालिका मातहतका सबै स्वास्थ चौकीमा खानेपानीको ब्यबस्था गर्ने बताईन ।
उद्घाटन सत्रमा बोल्दै मधेशी स्वास्थकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादब ल्याउन लागिएको संघिय निजामति ऐन स्वास्थकर्मिहरूको हकहितमा हुने शंकासँगै विभेद गर्न लागिएकोले सबै संगठित भई आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए ।
कर्मचारी समायोजन ऐनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी रहेको उनको भनाई छ । स्थानिय तहमा सरूवा गर्ने प्राबधान सहमतिको आधारमा सरूवा गर्न सकिन्छ, ऐनमा ब्यबस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने ।
सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादबले बर्गिय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा मधेश प्रदेश स्वास्थकर्मी नेपालका अध्यक्ष शिव शंकर यादबले स्थानिय तहमा स्वास्थकर्मि कर्मचारीलाई प्रदेशस्तरमा समायोजन र सरूवा बढुवाको प्रावधान राख्नुपर्नेमा जोड दिए । उनले मधेशी स्वास्थकर्मी फोरमको हरेक पालिकामा संगठन बिस्तार गरी एकजुट हुनुपर्ने बताए ।
यसैगरी मधेशी स्वास्थकर्मी फोरम नेपालका केन्द्रिय सदस्य देव चौधरीले स्वास्थकर्मिको पेशागत हकहितका लागी देखिएका समस्याहरूप्रति संगठन मजबुत हुनुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष अध्यक्षता भूषण सुनरैतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि सबै एकीकृत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
सारांश
- कर्मचारी समायोजन ऐनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी रहेको उनको भनाई छ ।
- स्थानिय तहमा सरूवा गर्ने प्राबधान सहमतिको आधारमा सरूवा गर्न सकिन्छ, ऐनमा ब्यबस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने ।
- सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादबले बर्गिय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया