बटसाबित्री पर्व मनाइए

राजविराज राजविराज
|
शुक्रबार, जेठ ५, २०८०
|
|
८० पटक हेरिएको
Shares
बटसाबित्री पर्व मनाइए

सारांश

  •     बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो ।
  •       ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए ।
  • प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ ।

दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।  

    श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवतीदेखी बृद्धासम्मले शुक्रबार बटसावित्री पर्व श्रद्धापूर्वक मनाएका छन् ।
    बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो । 
    ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए । प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ । 
    बरको रुखलाई मैथलीमा वर अर्थात दुताहा पनि भनिन्छ । मिथिला संस्कृतीमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने परम्परा पुरानो हो । त्यही मान्यता अनुसार वर्षको एक दिन श्रीमानको सम्मान वरको रुखले पाउछ । धर्मशास्त्रमा सावित्रिले आफ्नो मृत पति सत्यवानको पुर्नजिवनका लागि वरकै रुखको पूजा गरेकी थिइन् । पूजापछि सत्यावनले पुर्नजिवन प्राप्त गरेको पौराणिक मान्यता छ । त्यही मान्यता र विश्वासलाई मिथिलाका महिलाहरुले पालना गर्दै प्रत्येक वर्ष औंसीका दिन बट सावित्रि पर्व श्रद्धापूर्वक मनाउँदै आएका छन् ।
    यता वट सावित्री पर्वको अवसर पारेर जिल्लाको तिरहुत गाउँपालिकाले मातहतका सामुदायिक विद्यालयहरुमा शुक्रवार सार्वजनिक विदा दिएको छ । 
    शिक्षा शाखा प्रमुख धनेश्वर यादवद्वारा हस्ताक्षरित सुचनामा बट सावित्री पर्व मनाउन मातहतका सम्पुर्ण सामुदायिक विद्यालयलाई एक दिने सार्वजनिक विदा दिएको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?