दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका ३ मा शुक्रबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन् ।
राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र.२–०१–००२–प.२५६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विधुतीय पोलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय १८ वर्षिय श्यामकुमार यादव र विकासकुमार खंगको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सोही दुर्घटनामा परी सोही ठाउँका अजयकुमार खंग घाईते भएको र उनको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीन जना सवार रहको तथा तिब्र गतिका कारण नियन्त्रण गुमाउँदा सो दुर्घट्ना हुन पुगेको प्रहरीको भनाइ छ ।
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर
सारांश
- राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र.
- २–०१–००२–प.
- २५६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विधुतीय पोलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया