तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण

राजविराज राजविराज
|
मंगलबार, जेठ २३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण

सारांश

  •     गाउँपालिकाद्वारा वडा नं.
  • १ तिलाठीस्थित सरस्वती मन्दिर प्राङ्गणमा र लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टी विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।
  •       गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, रोशन सिंह, हरिनारायण मण्डल र सत्यनारायण यादवले सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 

    विश्व वातावरण दिवसको अवसरमा “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं ः वातावरण मैत्री विकल्पको उपयोग गरौं” नाराका साथ सोमबार तिलाठी कोइलाडी गाउँपालिकाद्वारा दुई ठाउँमा वृक्षारोपण गरिएको छ । 
    गाउँपालिकाद्वारा वडा नं. १ तिलाठीस्थित सरस्वती मन्दिर प्राङ्गणमा र लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टी विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, रोशन सिंह, हरिनारायण मण्डल र सत्यनारायण यादवले सहभागिता रहेको थियो । 
    सो अवसरमा अमला, निम, अशोक, मसला, महगनीलगायतको जातको विरुवा रोपिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    पछिल्लो एक सातादेखि बढ्दै गएको तापक्रमले जनजीवन प्रभावित बनेको बताउँदै गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले वृक्षारोपणले पर्यावरणमा सहयोग पुग्ने र यसलाई सघन रुपमा अगाडि बढाउने योजना रहेको बताए ।
    यस बर्षको लागिसंयुक्त राष्ट्रसंघले “सोलुशन टु प्लाष्टिक पोलुशन”नारा तय गरेको छ । विश्व पर्यावरणप्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि दिन विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा जुन ५ तारिखका दिन विश्वब्यापी रुपमा यो दिवस मनाउने गरिएको छ ।
    यता एक सातादेखि तापक्रममा भएको अत्यधिक वृद्धिका कारण तराई मधेशका केही जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता तथा सावधानी अपनाउन भनी बुलेटिन नै जारी गरेको छ । अत्यधिक गर्मीका कारण लु लाग्न सक्ने समेत बताइएको छ । गर्मीका कारण थकाई लाग्ने, कमजोर्री हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्त्ता हुने जस्ता जोखिमहरु हुन सक्ने भएकोले सतर्कता तथा सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
सरसफाइप्रति पवित्री देवीको मोह
सरसफाइप्रति पवित्री देवीको मोह
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह