दैनिक समाचारदाता
राजविराज, १० चैत ।
समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको सुरूङ्गा र खड्ग नगरपालिकामा स्वास्थ्य सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठीको आयोजना गरिएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
उक्त छलफलमा सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, फिल्ड अधिकृत शिवशंकर यादब, हेल्थ सुपरफाईजर सपना यादब, समाजिक परिचालक देबेश चौधरी लगायतले गोष्ठीको सहजिकरण गरेका थिए ।
यस क्षेत्रमा सेभ द चिल्ड्रेन र सवल नेपाल, सुरूङ्गा र खड्ग नगरपालिकाको साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत प्रारम्भिक वालबिकास तथा आधारभुत शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण र किशोर किशोरी बिकास र जिविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको सबल नेपालका निर्देशक दिपक झाले बताए ।
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न
सारांश
- सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
- बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
- सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया