कठौना–पातो सडक खण्ड तीन दशकपछि कालोपत्रे हुँदै 

राजविराज राजविराज
|
सोमबार, श्रावण १, २०८०
|
|
५८ पटक हेरिएको
Shares
कठौना–पातो सडक खण्ड तीन दशकपछि कालोपत्रे हुँदै 

सारांश

  •     झण्डै २० किलो मिटर उक्त मार्ग आगामी असोज–कार्तिक महिना भित्र कालोपत्रे सम्पन्न हुने गरि कार्यको शुभारम्भ भएको छ ।
  •       कालोपत्रे निर्माण कार्यको सोमबार एक कार्यक्रमबीच सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले पुजापाठ गरी शुभारम्भ गरेका छन ।
  •       सांसद यादव कै पहलमा संघिय सरकारबाट प्राप्त ७० करोड ४० लाख रुपैयाको बजेटबाट कान्छाराम कन्ट्रक्सन मार्फत उक्त निर्माण कार्य शूरु गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 

    सप्तरीको कठौना–पातो सडक खण्ड करिब तीन दशकपछि कालोपत्रे गर्ने कार्य सुरु भएको छ । 
    झण्डै २० किलो मिटर उक्त मार्ग आगामी असोज–कार्तिक महिना भित्र कालोपत्रे सम्पन्न हुने गरि कार्यको शुभारम्भ भएको छ । 
    कालोपत्रे निर्माण कार्यको सोमबार एक कार्यक्रमबीच सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले पुजापाठ गरी शुभारम्भ गरेका छन । 
    सांसद यादव कै पहलमा संघिय सरकारबाट प्राप्त ७० करोड ४० लाख रुपैयाको बजेटबाट कान्छाराम कन्ट्रक्सन मार्फत उक्त निर्माण कार्य शूरु गरिएको छ ।
    सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका र रुपनी गाउँपालिकालाई प्रत्यक्ष रुपमा जोड्ने र यस क्षेत्रको आर्थिक चहल पहल बढाउन ठूलो मद्दत पु¥याउने विश्वास स्थानीयले व्यक्त गरेका छन् । 
    विगतमा केही मात्रामा ग्राभेल गरी छाडिदा अलपत्र अवस्थामा रहेको उक्त सडक खण्ड वर्षामा हिलाम्मे र सुख्खायाममा धुलोका कारण सर्वसाधारण कष्टकर र जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका थिए । वर्षायाममा त दर्जनौ खाल्डा खुल्डीका कारण सवारी आवागमन नै ठप्प हुने गरेको थियो । 
    दुई वर्ष अघि सोही खडकखण्डमा वर्षाको समयमा हिडडुल गर्न कठिनाई भएको भन्दै स्थानियहरुले सडकमै धान रोपाई गरि बिरोध समेत जनाएका थिए । उनीहरुले बाटो निर्माण गर्न कसैले ध्यान नदिएको भन्दै उक्त बिरोध गरेका थिए । 
    कालोपत्रे सुरुवाताको अवसरमा सांसद यादवले बाटो निर्माणले जनताको सास्ती छिट्टै अन्त्य हुने बताउँदै छिट्टै शम्भुनाथ, बनैनिया, पथ्थरगाढा र गाइघाट जोड्ने सडकको निर्माण कार्य पनि शुरु हुने जानकारी दिए । 
    वर्षाै देखी उक्त सडक खण्ड जीर्ण भएका कारण सास्ती खेप्दै आएका यस भेगका जनता कालोपत्रे निर्माण कार्य शुरु भएपछी हर्षित भएका छन् ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु