लोसपाले मनायो स्थापना दिवस

राजविराज राजविराज
|
शनिबार, भाद्र ९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
लोसपाले मनायो स्थापना दिवस

सारांश

    राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले शनिबार विविध कार्यक्रमको आयोजना गरि पार्टीको दोश्रो स्थापना दिवस मनाएको छ । 
    स्थानीय गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा विचार गोष्ठी लगायतका कार्यक्रम गरि लोसपाले स्थापना दिवस मनाएका छन् । 
    राजविराज ३ स्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित बिचार गोष्ठीमा अर्का केन्द्रिय नेता अमरकान्त झा, बिनोद सिंह, उपेन्द्र साह, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, सुरेन्द्र यादव लगायतले पार्टी संगठन सुदृढिकरण तथा बिस्तारका लागि गाउँ गाउँमा जनजागरण अभियान चलाउनु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?