१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, आश्विन ७, २०८०
|
|
६३ पटक हेरिएको
Shares
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ

सारांश

  •     जिल्लाको बोदेबर्साइनबाट नगरपालिका वडा नं.
  • ५ हुलाकी सडक खण्ड अन्तरगत खडक खोला पुलमा प्रहरीले चेकजाच गर्ने क्रममा शुक्रबार सिरहाको मिर्चैया नगरपालिका वडा नं.
  • २ महदेवा निवासी १९ वर्षिय अशोक साह र सोही नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 

    सप्तरी प्रहरीले १७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । 
    जिल्लाको बोदेबर्साइनबाट नगरपालिका वडा नं. ५ हुलाकी सडक खण्ड अन्तरगत खडक खोला पुलमा प्रहरीले चेकजाच गर्ने क्रममा शुक्रबार सिरहाको मिर्चैया नगरपालिका वडा नं. २ महदेवा निवासी १९ वर्षिय अशोक साह र सोही नगरपालिका वडा नं. १२ निवासी २४ वर्षिय बिनोद ठाकुरलाई पक्राउ गरेको हो । 
    ईलाका प्रहरी कार्यालय बोदेबर्साइन तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलिले चेक जाँचको क्रममा उनीहरुको साथबाट कालो झोलामा राखिएको १७ किलो ५ सय किलोग्रामको चाँदीका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । 
    प्रहरी टोलिले प्र.२–०१–००४प.०३५८ न.को मोटरसाइकलमा सवार दुबै जनालाई चेकजाँच गर्ने क्रममा पछाडी सवार विनोद कुमार ठाकुरले बोकेको कालो झोलाबाट १७ किलो ५ सय किलोग्राम १७ लाख ५० हजार मुल्य पर्ने चाँदीका गरहगना, २ लाख ९६ हजार ६ सय नगद तथा ३३ हजार ८ सय, २० हजार ९ सय र ५६ हजार ५ सयका दरले तीन वटा चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका उनीहरु उपर आवश्यक अनुसन्धान सकिएपछि प्रहरीले आइतबार सम्पूर्ण घटना विवरण सार्वजनिक गरेको छ । दुबै जनाले प्रयोग गरेको मोटरसाइकल, बरामद गरगहना, नगद र चेकसहित उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी आवश्यक कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
सडकमै ढलेर बृद्धको मृत्यु 
सडकमै ढलेर बृद्धको मृत्यु 
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर