दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
राजविराजमा आयोजित चार दिने मुटु रोग स्वास्थ्य शिविरको पहिलो दिन विरामीको घुइँचो लागेको छ ।
नगरक्षेत्रको १६ वटै वडालाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन आईतवार नगर तथा आसपासका विभिन्न पालिकाबाट समेत उपचारका लागी बिरामी आउन थालेपछि शिविरमा घुइँचो लागेको हो ।
जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थोरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पताल राजविराजको समन्वयमा आयोजित शिविरमा पहिलो दिन २ सय भन्दा बढी बिरामीले उपचार पाएका छन् ।
शिविरमा मुटु सम्बन्धि रोगको निःशुल्क उपचार, स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
बरिष्ठ चिकित्सक अनिल भट्टराई, डा.रविन कुमार बराल, डा. सोभित थापा, डा. दिनेश उप्रेति, डा. क्षितज राज पुडासैनी, डा. रामहरी केसी, डा. प्रभा मोक्तान, डा. स्वतिका हुमागाई सहितको १६ सदस्यीय चिकित्सकको टोलीले उपचार सेवा प्रदान गर्ने प्रतिष्ठानका प्रतिनिधी दिपक थापाले जानकारी दिए ।
स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेको तथा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको प्रष्ठिानकी प्रबन्धक निर्देशक कटुवालले बताइन ।
शिविरमा इसिजी, इको, उच्च रक्तचाप लगायत रोगको जाँच पनि निःशुल्क गर्ने गरिएको छ भने निःशुल्क प्रदान गरिने औषधीहरु वेस्ट फर्मासिटिकलले सहयोग स्वरुप उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ ।
मुटु रोगको निःशुल्क उपचार शिविरमा दुई सय भन्दा बढीले पाए उपचार
सारांश
- नगरक्षेत्रको १६ वटै वडालाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन आईतवार नगर तथा आसपासका विभिन्न पालिकाबाट समेत उपचारका लागी बिरामी आउन थालेपछि शिविरमा घुइँचो लागेको हो ।
- जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थोरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पताल राजविराजको समन्वयमा आयोजित शिविरमा पहिलो दिन २ सय भन्दा बढी बिरामीले उपचार पाएका छन् ।
- शिविरमा मुटु सम्बन्धि रोगको निःशुल्क उपचार, स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया