सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित

सारांश

  •     राजबिराजमा मंगलबार प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री साहले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
  •     यसरी सम्मानित हुनेहरूमा बोदेबरसाईन नगरपालिका ५ की कोशिला यादब, राजबिराज नगरपालिका ७ का लखन साह, खड्ग नगरपालिका ८ का बदु मियाँ, राजबिराज नगरपालिका ५ की दुर्गा मिश्र र तिलाठी कोईलाडी गाउँपालिका १ की चुनचुन देबी झा रहेकी छिन् ।
  •     ती पाँचै जेष्ठ नागरिकलाई मन्त्री साहले दोसल्ला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीबाट सम्मानित गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सप्तरीका पाँच उत्कृष्ठ जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । 
    राजबिराजमा मंगलबार प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री साहले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
    यसरी सम्मानित हुनेहरूमा बोदेबरसाईन नगरपालिका ५ की कोशिला यादब, राजबिराज नगरपालिका ७ का लखन साह, खड्ग नगरपालिका ८ का बदु मियाँ, राजबिराज नगरपालिका ५ की दुर्गा मिश्र र तिलाठी कोईलाडी गाउँपालिका १ की चुनचुन देबी झा रहेकी छिन् ।
    ती पाँचै जेष्ठ नागरिकलाई मन्त्री साहले दोसल्ला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीबाट सम्मानित गरे ।
    आयोजित कार्यक्रममा मन्त्री साहले जेष्ठ नागिरकको आँखा र कान उपचारका लागि मन्त्रालयले ५ करोड रकम छुटाईएको जानकारी दिँदै जेष्ठ नागिरकको सम्मान दोसलाबाट नभई हृदयबाट हुनुपर्ने बताए । 
    मन्त्री साहले भने प्रदेश नं. २ का सबै जेष्ठ नागिरकलाई सम्मान गर्ने आप्mनो लक्ष्य रहेको बताउदै आउने दिनमा उनीहरूको जिवनमा आईपर्ने समस्याको वारेमा पनि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
    यस्तै कार्यक्रममा प्रदेश २ का महिला, बालवालिका तथा जेष्ठ नागिरक शाखाका प्रमुख मिरा मिश्रले अन्तर्राष्ट्रिय जेष्ठ नागिरक दिवसको अवसरमा प्रदेशको ८ वटै जिल्लामा उत्कृष्ठ जेष्ठ नागिरकलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइन् ।
    जेष्ठ नागिरक सप्तरीका अध्यक्ष शिबहरी भट्राईको अध्यक्षतामा आयोजित तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा संचालित सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मी साफी, निमित जिल्ला समन्वय अधिकारी नवराज खडका, राजपाका केन्द्रिय सदस्य बिशेश्वर रजक, दिपेन्द्र चौधरी, नरेन्द्र यादब, उपेन्द्र साह, पुनम यादब, युवा नेता बिनोद यादब, जिल्ला समन्वय समिति कार्यलयका कमली बिराजी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने