दैनिक समाचारदाता
राजविराज, २ पुस ।
लोप हुँदै गएको लोक नृत्यलाई सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्यले राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता २०८० हुने भएको छ ।
सप्तरी कलाकार संघ नेपालले आयोजना गर्न लागेको सो लोक नृत्य माघ ६ गते राजविराजस्थित शिवशंकर सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिएका छन् ।
उक्त लोक नृत्यमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, विभिन्न संघ संस्था लगायतले सहभागिता जनाउने उनले बताए । मैथिली लोक नृत्य अन्तरगत झिझिया लोक नृत्य, समाचकेवा लोक नृत्य, डोम कक्ष नृत्य, सरस्वती बन्दना नृत्य र जाटजाटिन लोक नृत्य तथा नेपाली र थारु भाषाका लोक नृत्यहरुलाई प्राथमिकतामा राखिएको छ ।
यस प्रतियोगिताका लागि पुस २ गतेदेखी २१ गतेसम्म आवेदन फारम खुल्ला गरिएको तथा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ५० हजार तथा तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
सारांश
- सप्तरी कलाकार संघ नेपालले आयोजना गर्न लागेको सो लोक नृत्य माघ ६ गते राजविराजस्थित शिवशंकर सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिएका छन् ।
- उक्त लोक नृत्यमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, विभिन्न संघ संस्था लगायतले सहभागिता जनाउने उनले बताए ।
- मैथिली लोक नृत्य अन्तरगत झिझिया लोक नृत्य, समाचकेवा लोक नृत्य, डोम कक्ष नृत्य, सरस्वती बन्दना नृत्य र जाटजाटिन लोक नृत्य तथा नेपाली र थारु भाषाका लोक नृत्यहरुलाई प्राथमिकतामा राखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया