बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 

राजविराज राजविराज
|
सोमबार, पौष २, २०८०
|
|
२० पटक हेरिएको
Shares
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 

सारांश

  •     गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् ।
  •       अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं.
  • ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    सप्तरीको महादेवा गाउँपालिकामा बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउने अभियान सोमवारदेखि शुरु भएको छ । 
    गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् । 
    अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं. ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ । 
    पोखरीको चारै तर्फ डिललाई स्थानियले अतिक्रमण गरी विभिन्न संरचना विगत बर्षदेखि निर्माण गरी उपभोग गरीरहेको स्थानिय युवा विनय विक्रम मण्डलले बताए । 
    पोखरीको अन्दाजी एक विगहा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण मुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउँदै अभियान अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी रहने उनको भनाई छ । 
    अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चोकीसगै समन्वय समेत गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको वडा नं. ५ का अध्यक्ष हरेराम मण्डलले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
एक बालकसहित तीनको मृत्यु
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई