दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
स्थानीय कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा कानुन व्यवसायी हरेराम यादव र बलराम सिंह आमने सामने भएका छन् ।
एशोसिएशनको अगामी पुष १४ गते शनिवार नयाँ नेतृत्वका लागी निर्वाचन हुदैछ । अध्यक्ष सहित १३ पदका लागी हुने निर्वाचनमा लोकतान्त्रिक कानून व्यवसायी समूह तथा प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् ।
लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.समिम अख्तर र कोषाध्यक्षमा उमाशंकर देव रहेका छन् । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, चन्द्रकान्त यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त चुनावी मैदानमा छन् ।
यस्तै प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहबाट अध्यक्ष पदमा बलराम प्रसाद सिंह, उपाध्यक्ष तेजनारायण चौधरी, सचिव दानो कुमारी चौधरी र कोषाध्यक्षमा बालकृष्ण कार्की रहेका छन् । उक्त प्यानलबाट सदस्यहरुमा प्रदिप कुमार मण्डल, उदयचन्द्र जैन, राजकुमार टरैत, भागवत यादव, राम नारायण चौधरी, प्रेम कुमार आले, लिलाम्बर कर्ण र सुरेन्द्र कुमार दास चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
कोषाध्यक्ष पदमा दुबै प्यानलमा नरही स्वतन्त्र उम्मेदवारी दिएर उपेन्द्र यादव पनि आफ्नो भाग्य आजमाउँदै छन् । मनोनयन फिर्ता लिने अन्तिम दिन विहिवार यादवले आफ्नो नाम फिर्ता नलिएर उम्मेदवारी कायमै राखे पछी कोषाध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रिय पार्षद पदमा लोकतान्त्रिक कानून व्यवसायी समूहका सबै ९ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवका अनुसार केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदका दुबै उम्मेदवारले स्वच्छ न्यायिक वातावरणको सिर्जना, पेशागत हकहितको संरक्षण कानुन तथा न्यायमा सबैको सहज पहँुच, न्यायपालिका प्रति जनताको आस्था बढाउने लगायतका विषयमा काम गर्ने प्रतिबद्धता कानून व्यवसायी माझ राख्ने गरेका छन् ।
अध्यक्ष पदका दुबै उम्मेदवार कानुन व्यवसायी माझ निकै लोकप्रिय भएकाले कसको पल्ला भारी होला भन्ने आँकलन गर्न कठिन भएको मतदाताहरुको भनाई छ ।
दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेको तथा मतदान सकिए कै दिन मतगणना कार्य सूरु हुने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी
सारांश
- एशोसिएशनको अगामी पुष १४ गते शनिवार नयाँ नेतृत्वका लागी निर्वाचन हुदैछ ।
- अध्यक्ष सहित १३ पदका लागी हुने निर्वाचनमा लोकतान्त्रिक कानून व्यवसायी समूह तथा प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् ।
- लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया