मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन

राजविराज राजविराज
|
बिहिबार, चैत्र ८, २०८०
|
|
६७ पटक हेरिएको
Shares
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन

सारांश

  •     सप्तरीको बोदे बरसाईनमा बिहिवार भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
  •     उनले मुलुकमा संघीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरुबाट कुनै सुविधा नपाएको टिप्पणी पनि गरे ।
  • मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने तर्क दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाएका छन् । 
    सप्तरीको बोदे बरसाईनमा बिहिवार भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
    उनले मुलुकमा संघीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरुबाट कुनै सुविधा नपाएको टिप्पणी पनि गरे । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने तर्क दिए । 
    ‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन्’ लिङ्देनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’ 
    अध्यक्ष लिङ्देनले आगामी २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए । 
    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरे । उनले देशमा संघीय गणतन्त्र आएपछि वैदेशिक हस्तक्षेप र भ्रष्टाचार पनि बढेको दाबी गरेका छन् । 
    सोही कार्यक्रममा अर्का बरिष्ठ उपाध्यक्ष बुद्धिमान तमाङले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको भन्दै प्रदेश सरकारको कुनै काम नभएको बताएका छन् । 
    राप्रपाका सप्तरी जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा भएको आम सभालाई महामन्त्री धबल शम्मशेर राना, सहमहामन्त्री मोहन यादब र मधेस प्रदेश संयोजक रामप्रताप साहले सम्बोधन गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग
लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
सबल नेपालको २० औं साधारणसभा सम्पन्न

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी